मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एमालेमा धेरै अवसर पाउनेहरू नै असन्तुष्ट किन? ज्ञवालीको प्रश्न

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २३
5
0
एमालेमा धेरै अवसर पाउनेहरू नै असन्तुष्ट किन? ज्ञवालीको प्रश्न
सारांश
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीमा सबैभन्दा धेरै अवसर पाउने नेताहरू नै असन्तुष्ट देखिनुको कारणबारे प्रश्न गरेका छन्। एमाले केन्द्...


काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीमा सबैभन्दा धेरै अवसर पाउने नेताहरू नै असन्तुष्ट देखिनुको कारणबारे प्रश्न गरेका छन्।

एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अवसर दिँदा त्यसको मूल्याङ्कन नभएको हो कि ‘सन्देश नै प्राप्ति हो’ भन्ने सोच विकास भएको हो भन्दै प्रश्न उठाए।

ज्ञवालीले एमाले, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पार्टीभित्र एकता आवश्यक रहेको बताए। एमालेको पछिल्लो धक्काको मुख्य कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको उनको भनाइ थियो।

पार्टी पुनर्गठनको बहसले ध्रुवीकरण बढाएको भन्दै उनले व्यक्ति केन्द्रित विवादभन्दा संगठन बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए। कार्यदलको प्रतिवेदनलाई आधार बनाएर पार्टीलाई एकताबद्ध गर्ने जिम्मेवारी नेतृत्वको भएको उनको भनाइ छ।

उनले पार्टीको आगामी कार्यभारमा जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने र जनतासँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने सुझावसमेत दिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार