यस वर्षको दसैँमा अधिकांश समय मौसम सफा रहने भए पनि केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार कमजोर पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गर्ने भएकाले भोलि पश्चिम नेपालका केही स्थानमा र पर्सि मध्य तथा पूर्वी नेपालका केही क्षेत्रमा हल्का वर्षा हुन सक्छ।
पहाडी भेगका थोरै स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि समग्रमा दसैँको मौसम अनुकूल रहने उनको आकलन छ। अधिकांश समय घाम लाग्ने र वातावरण क्रमशः चिसिँदै जाने उनले बताएका छन्।






