मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, नयाँ बसपार्कमा यात्रुको भीड

meronepaltv
meronepaltv
1 दिन अगाडि
10
0
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, नयाँ बसपार्कमा यात्रुको भीड
सारांश

काठमाडौं । वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दसैंका लागि लामो तथा छोटो दूर...

काठमाडौं । वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दसैंका लागि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएसँगै बिहानैदेखि टिकट काट्ने यात्रुको भीड लागेको हो।

दसैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुहरू टिकट लिन नयाँ बसपार्क पुगिरहेका छन्। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यात्रा सुनिश्चित गर्न सर्वसाधारणले अग्रिम टिकट बुकिङ गर्न थालेका हुन्।

दसैं नजिकिँदै गर्दा सार्वजनिक यातायातमा यात्रुको चाप थप बढ्ने अपेक्षा गरिएको छ। समयमै टिकट बुकिङ गर्न र यात्रालाई सहज बनाउन यात्रुहरूलाई सम्बन्धित टिकट काउन्टरबाट आवश्यक जानकारी लिन आग्रह गरिएको छ।

Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार