मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दसैँअघि सञ्चालनमा आयो मालढुङ्गा पुल, पर्वत–बागलुङको यातायात पुनः सुरु

meronepaltv
meronepaltv
46 मिनेट अगाडि
41
0
 दसैँअघि सञ्चालनमा आयो मालढुङ्गा पुल, पर्वत–बागलुङको यातायात पुनः सुरु
सारांश

बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध बनेको पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलमा यातायात पुनः सञ्चालनमा आएको छ। प...

बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध बनेको पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलमा यातायात पुनः सञ्चालनमा आएको छ। पहुँच सडक मर्मत तथा निर्माण गरिएपछि सोमबार बिहानदेखि पुलमार्फत सवारीसाधन आवतजावत गर्न थालेका हुन्।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको पहुँच सडकमा क्षति पुर्‍याएपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्क प्रभावित भएको थियो। सडक अवरुद्ध हुँदा दसैँका लागि यात्रा गर्ने यात्रु तथा स्थानीयवासीले सास्ती भोग्नुपरेको थियो।

बाढीले क्षति पुर्‍याएको पहुँच सडक मर्मत गर्न सडक डिभिजन कार्यालय, सुरक्षा निकाय तथा स्थानीयवासी परिचालन भएका थिए। अस्थायी संरचना निर्माण र क्षतिग्रस्त सडक मर्मत गरेपछि पुल सञ्चालनमा ल्याइएको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्य पूरा भएको बताएका छन्। पुल सञ्चालनमा आएसँगै पर्वत र बागलुङबीच आवतजावत गर्ने यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ।

मालढुङ्गा पुल मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी करिडोरअन्तर्गत महत्वपूर्ण सडक सम्पर्क हो। पुल अवरुद्ध हुँदा बागलुङसहित पश्चिम नेपालका विभिन्न जिल्लासँगको आवतजावत प्रभावित भएको थियो। यातायात पुनः सञ्चालनमा आएसँगै दसैँको समयमा यात्रु तथा स्थानीय व्यवसायलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार