मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दसैं, तिहार र छठलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाइयो

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
45
0
दसैं, तिहार र छठलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाइयो
सारांश

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा अस्थायी रू...

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ। यसअघि दैनिक अधिकतम १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकामा राष्ट्र बैंकले निश्चित अवधिका लागि उक्त सीमा बढाएर ५० पटकसम्म पुर्‍याएको हो।

राष्ट्र बैंकका अनुसार दसैंका लागि २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दैनिक ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ। त्यस्तै, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म पनि यो सुविधा लागू हुनेछ।

राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार प्राकृतिक व्यक्तिको डिजिटल वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो। चाडपर्वका समयमा डिजिटल भुक्तानी तथा रकम स्थानान्तरणको प्रयोग बढ्ने भएकाले सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले उक्त सीमा अस्थायी रूपमा बढाइएको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार