मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चोलेन्द्र शमशेर जबरासहित निकटस्थका घरमा सम्पत्ति शुद्धीकरणको छापा

admin
admin
3 दिन अगाडि
49
160
चोलेन्द्र शमशेर जबरासहित निकटस्थका घरमा सम्पत्ति शुद्धीकरणको छापा
सारांश

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका आफन्त तथा निकटस्थ व्यक्तिका घरमा छापा मारेको छ।

<...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका आफन्त तथा निकटस्थ व्यक्तिका घरमा छापा मारेको छ।

विभागको टोलीले जबराका भाइ प्रभुशमशेर जबरा, ज्वाइँ नाता पर्ने नवीन बस्नेत तथा नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा समेत खानतलासी गरेको स्रोतहरूले जनाएका छन्। छापाका क्रममा केही कागजात तथा सामग्री नियन्त्रणमा लिइएको बताइएको छ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनको निवासबाट मध्यराति नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेको थियो। सम्पत्ति शुद्धीकरण विभागको पछिल्लो कारबाहीबारे विस्तृत आधिकारिक विवरण भने सार्वजनिक हुन बाँकी छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार