मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चितवनको माडीमा करेन्ट लागेर भाले गैँडाको मृत्यु

स
समाचार कक्ष
२०२५ अगस्ट ६
4
0
चितवनको माडीमा करेन्ट लागेर भाले गैँडाको मृत्यु
सारांश
चितवन — चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी नगरपालिका–२, भैरवपुरस्थित धानबारी क्षेत्रमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडाको मृत्यु भएको छ। ...

चितवन — चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी नगरपालिका–२, भैरवपुरस्थित धानबारी क्षेत्रमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडाको मृत्यु भएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गैँडाको मृत शरीर आज बिहान ९ः३० बजे धानबारीमा फेला परेको हो। प्रारम्भिक अनुसन्धान अनुसार करेन्ट लागेर गैँडाको मृत्यु भएको पुष्टि भएको छ।

निकुञ्जले घटनास्थलको निरीक्षण गरी थप अनुसन्धान सुरु गरिसकेको जनाएको छ। गैँडाजस्तो संरक्षित वन्यजन्तुको यसरी करेन्ट लागेर मृत्यु हुनु चिन्ताजनक विषय भएको भन्दै निकुञ्जले दोषीको पहिचान गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार