मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चितवन निकुञ्जमा दिल पुनको पुनरागमन, डा. पन्त मन्त्रालय तानिए

स
समाचार कक्ष
२०२६ मे ७
6
0
चितवन निकुञ्जमा दिल पुनको पुनरागमन, डा. पन्त मन्त्रालय तानिए
सारांश
चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा दिलबहादुर पुन पुनः नियुक्त हुने भएका छन्। हाल प्रमुख संरक्षण अधिकृतको जिम्मेवारीमा रहेका डा....

चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा दिलबहादुर पुन पुनः नियुक्त हुने भएका छन्। हाल प्रमुख संरक्षण अधिकृतको जिम्मेवारीमा रहेका डा. गणेश पन्तलाई मन्त्रालयले विभागमा सरुवा गरेपछि पुनलाई उक्त जिम्मेवारी दिइएको हो।

यसअघि पनि झण्डै २० महिनासम्म चितवन राष्ट्रिय निकुञ्जको नेतृत्व सम्हालेका पुन पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्जमा कार्यरत थिए। उनले त्यहाँ करिब १५ महिना काम गरेका थिए।

निकुञ्ज प्रमुखका रूपमा कार्यरत डा. पन्तले निकुञ्ज आसपासका अतिक्रमित क्षेत्रमा रहेका बस्ती हटाउन सार्वजनिक सूचना जारी गरेका थिए। उक्त निर्णय मन्त्रालयसँग आवश्यक समन्वय नगरी गरिएको आरोप उनीमाथि लागेको छ।

चितवनमा दुई वर्षे कार्यकाल पूरा नहुँदै डा. पन्तलाई मन्त्रालय फिर्ता बोलाइएपछि उनको स्थानमा पुनलाई पुनः चितवन राष्ट्रिय निकुञ्जको नेतृत्वको जिम्मेवारी दिइएको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार