मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चुनावी अभियान तीव्र पार्दै बालेन इलाममा, भोलि पाथीभरा दर्शन गर्ने तयारी

स
समाचार कक्ष
२०२६ जनवरी २२
5
0
चुनावी अभियान तीव्र पार्दै बालेन इलाममा, भोलि पाथीभरा दर्शन गर्ने तयारी
सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा आज बिहानै इलाम पुगेका छन्। झापाबाट इलाम प्रवेश गरेका ब...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा आज बिहानै इलाम पुगेका छन्।

झापाबाट इलाम प्रवेश गरेका बालेनले पार्टीका उम्मेदवारहरूसँग छलफल गर्दै स्थानीय चुनावी अवस्था र जनभावनाबारे जानकारी लिएका छन्। रास्वपाबाट इलाम क्षेत्र नम्बर १ मा विमल गदाल र क्षेत्र नम्बर २ मा गोकुलबहादुर राई उम्मेदवार रहेका छन्।

उम्मेदवारहरूसँगको भेटमा बालेनले जनताका वास्तविक समस्या बुझेर समाधानमुखी अभियान सञ्चालन गर्न आग्रह गरेका छन्। उनी आज बिहानैदेखि इलाममा घरदैलो अभियानमा सक्रिय छन्।

इलामको कार्यक्रम सकेपछि बालेन ताप्लेजुङ जाने तयारीमा छन्। बालेनको नेतृत्वमा रहेको रास्वपाको चुनावी टोली भोलि ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा दर्शन गर्ने कार्यतालिका रहेको छ।

यसैबीच, बालेन झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा रहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार