मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

चक्रपथ विस्तार दोस्रो चरण अघि बढ्यो, नेपाल–चीनबीच ११ अर्बको सम्झौता

स
समाचार कक्ष
२०२६ अप्रिल २९
5
0
चक्रपथ विस्तार दोस्रो चरण अघि बढ्यो, नेपाल–चीनबीच ११ अर्बको सम्झौता
सारांश
काठमाडौँ, वैशाख १६ - काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो चरण कार्यान्वयनका लागि नेपाल र चीनबीच औपचारिक सम्झौता भएको छ। सुनील लम्साल नेतृत...

काठमाडौँ, वैशाख १६ - काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो चरण कार्यान्वयनका लागि नेपाल र चीनबीच औपचारिक सम्झौता भएको छ।

सुनील लम्साल नेतृत्वको भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालय र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउनेछ।

यसअघि सन् २०१९ देखि सुरु भएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार कार्य सम्पन्न भइसकेको छ।

सम्झौता हस्ताक्षरपछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा कुनै समस्या आए तत्काल समाधान गरिने प्रतिबद्धता जनाएका छन्। उनले उत्तर–दक्षिण जोड्ने सडक सञ्जाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा चीनबाट थप लगानीको अपेक्षा पनि व्यक्त गरे।

त्यस्तै, चिनियाँ राजदूत माओमिंगले नेपालमा लगानीका लागि अनुकूल वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू थप आकर्षित हुने विश्वास व्यक्त गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार