मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बुद्ध एयरको भैरहवा–काठमाडौं उडान आपतकालीन ढोका खोलिँदा ढिलो

स
समाचार कक्ष
२०२६ जनवरी १४
4
0
बुद्ध एयरको भैरहवा–काठमाडौं उडान आपतकालीन ढोका खोलिँदा ढिलो
सारांश
३० पुस, काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज 9N-AMD) यात्रुको लापरबाहीका कारण ढिलाइ भएको छ ।...

३० पुस, काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज 9N-AMD) यात्रुको लापरबाहीका कारण ढिलाइ भएको छ ।

बुधबार उडान तयारीकै क्रममा एक यात्रु सुमन गौतमले अनाधिकृत रूपमा विमानको आपतकालीन ढोका खोलेपछि उडान रोकिएको हो । घटनामा संलग्न यात्रुलाई तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ ।

हवाई सुरक्षा मापदण्डअनुसार आपतकालीन ढोका खोलिएपछि जहाजको विस्तृत प्राविधिक परीक्षण अनिवार्य हुने भएकाले काठमाडौंबाट प्राविधिक टोली भैरहवा पठाइएको बुद्ध एयरले जनाएको छ । पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने कम्पनीको भनाइ छ ।

नागरिक उड्डयन प्राधिकरणका नियमअनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ । यस घटनाका कारण यात्रुहरूलाई परेको असुविधाप्रति बुद्ध एयरले क्षमायाचना गरेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार