मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बद्लिएको कांग्रेसको प्रतिबद्धता: दुई कार्यकाल सीमित प्रधानमन्त्री, प्रेमपूर्ण राजनीति र शासन सुधारको घोषणा

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १६
7
0
बद्लिएको कांग्रेसको प्रतिबद्धता: दुई कार्यकाल सीमित प्रधानमन्त्री, प्रेमपूर्ण राजनीति र शासन सुधारको घोषणा
सारांश
काठमाडौं । नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले रूपान्तरणको बाटो समातेको कांग्रेस अब देशको आसन, भाषण र शासन प्रणालीमै व्यापक सुधार ल्याउने...

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रूपान्तरणको बाटो समातेको कांग्रेस अब देशको आसन, भाषण र शासन प्रणालीमै व्यापक सुधार ल्याउने संकल्पसहित अघि बढेको बताएका छन्।

लमजुङमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्तामा एउटै व्यक्ति लामो समयसम्म टिकिरहने परम्पराको अन्त्य गर्न पार्टी अग्रसर भएको स्पष्ट पारे। उनका अनुसार अब संविधानमै “१/२/३/४” नीति समावेश गरिनेछ, जसअनुसार भविष्यमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री वा मुख्यमन्त्री बन्न नपाउने व्यवस्था गरिनेछ।

शर्माले राजनीतिक संस्कार सुधारतर्फ विशेष जोड दिँदै चुनावी मैदानमा व्यक्तिगत आक्षेप र गालीगलौज नगर्न नेताहरूलाई आग्रह गरे। “गाली होइन, प्रेम सम्प्रेषण गरौँ,” उनले भने, “स्वस्थ आलोचना स्वाभाविक हो, तर एक–अर्कालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन।”

उनले चुनाव जित्ने नाममा अवास्तविक आश्वासन बाँडेर भोलि समाजमा निराशा फैलाउने प्रवृत्तिबाट टाढा रहन पनि सचेत गराए।

उपसभापति शर्माका अनुसार देशको शासन प्रणालीमा आवश्यक सुधार गर्न र युवापुस्ताको परिवर्तन चाहनालाई सम्बोधन गर्न कांग्रेस नयाँ सोच र ऊर्जा सहित अघि बढेको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार