मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बारामतीमा विमान दुर्घटना: महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

स
समाचार कक्ष
२०२६ जनवरी २८
6
0
बारामतीमा विमान दुर्घटना: महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
सारांश
१४ माघ, काठमाडौं - भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा निजी वि...

१४ माघ, काठमाडौं - भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा निजी विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा उनको ज्यान गएको हो।

हिन्दुस्तान टाइम्सका अनुसार पवारका निकट सहयोगीले उनको मृत्युको पुष्टि गरेका छन्। दुर्घटनाका बेला विमानमा पाँच जना यात्रु सवार थिए।

विमानमा नेशनलिस्ट कांग्रेस पार्टीका वरिष्ठ नेता अजित पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि सवार थिए।

पवारका नजिकका सहयोगी किरण गुजरले उपमुख्यमन्त्रीसहित छ जनाको शव अस्पताल ल्याइएको जानकारी दिएका छन्।

६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचनको पूर्वसन्ध्यामा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए। दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार