मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बारामा मध्यराति रक्तपात: धारिलो हतियार आक्रमणमा आमा–छोराको मृत्यु, बुबासहित तीन घाइते

स
समाचार कक्ष
२०२६ जनवरी २८
6
0
बारामा मध्यराति रक्तपात: धारिलो हतियार आक्रमणमा आमा–छोराको मृत्यु, बुबासहित तीन घाइते
सारांश
१४ माघ, जनकपुरधाम - बारामा अज्ञात व्यक्तिको धारिलो हतियार आक्रमणबाट आमा–छोराको ज्यान गएको छ भने बुबासहित तीन जना गम्भीर घाइते भएका छन्। परवानीपुर गाउँ...

१४ माघ, जनकपुरधाम - बारामा अज्ञात व्यक्तिको धारिलो हतियार आक्रमणबाट आमा–छोराको ज्यान गएको छ भने बुबासहित तीन जना गम्भीर घाइते भएका छन्।

परवानीपुर गाउँपालिका–१ रहरियाडी निवासी ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवीको घटनास्थलमै मृत्यु भएको हो। आक्रमणमा बुबा जगरुक मण्डल गम्भीर घाइते भएका छन्।

बाराका प्रहरी प्रमुख (एसपी) नरेन्द्र कुँवरका अनुसार एक व्यक्ति राति घरभित्र प्रवेश गरी अन्धाधुन्ध रूपमा धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना आज बिहान करिब ३ बजेको समयमा भएको हो।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रमाण संकलन गर्दै थप अनुसन्धान सुरु गरेको जनाएको छ।

एसपी कुँवरले भने, “हामी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेका छौं। राति एक व्यक्तिले घरभित्र पसेर अन्धाधुन्ध आक्रमण गरेको भन्ने जानकारी प्राप्त भएको छ।”

साझा गर्नुहोस्:

सम्बन्धित समाचार