मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ब्रड पिकमा दिवंगत निम्स दाइलगायतको शव क्याम्प–१ ल्याउने तयारी, मौसम अनुकूल भए हेलिकप्टरबाट उद्धार गरिने

स
समाचार कक्ष
२०२६ अगस्ट २
6
0
ब्रड पिकमा दिवंगत निम्स दाइलगायतको शव क्याम्प–१ ल्याउने तयारी, मौसम अनुकूल भए हेलिकप्टरबाट उद्धार गरिने
सारांश
काठमाडौं, १७ साउन — पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ब्रड पिक क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स ...

काठमाडौं, १७ साउन — पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ब्रड पिक क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित अन्य आरोहीहरूको शव उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले पहिलो चरणमा शवहरू क्याम्प–१ सम्म झार्ने तयारी गरेको जनाएको छ।

उद्धार अभियानमा संलग्न ग्राउन्ड टिमका अनुसार हिमपहिरोमा परेर दिवंगत भएका आरोहीहरूलाई प्रारम्भिक रूपमा क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्‍याउने योजना बनाइएको छ।

टोलीका अनुसार मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धारकर्मी र दिवंगत आरोहीहरूको शवलाई थप सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ।

उद्धार टोलीले शवहरूको सुरक्षित व्यवस्थापन गर्दै सम्मानपूर्वक स्वदेश फर्काउने तयारी भइरहेको जनाएको छ।

गत १४ साउनमा पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका थिए। बेपत्तामध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। टोलीका नेता रहेका पुर्जाको निधन भएको पुष्टि शनिबार गरिएको थियो।

उद्धार कार्य मौसम र हिमाली अवस्थामाथि निर्भर रहेकाले अभियानलाई उच्च सतर्कताका साथ अघि बढाइएको सम्बन्धित टोलीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार