मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बाक्लो हुस्सु-कुहिरोले देशका मुख्य क्षेत्र ढाक्यो, आन्तरिक हवाई उडान ठप्प

स
समाचार कक्ष
२०२६ जनवरी २९
6
0
बाक्लो हुस्सु-कुहिरोले देशका मुख्य क्षेत्र ढाक्यो, आन्तरिक हवाई उडान ठप्प
सारांश
माघ १५, काठमाडौं । काठमाडौं उपत्यकासँगै तराई-मधेशका विभिन्न जिल्लामा आज बिहानदेखि बाक्लो हुस्सु–कुहिरो फैलिएको छ, जसका कारण दृश्यता अत्यन्तै कम भई हवा...

माघ १५, काठमाडौं । काठमाडौं उपत्यकासँगै तराई-मधेशका विभिन्न जिल्लामा आज बिहानदेखि बाक्लो हुस्सु–कुहिरो फैलिएको छ, जसका कारण दृश्यता अत्यन्तै कम भई हवाई उडान प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक उडानहरू अवतरण गर्न नसक्ने अवस्थामा पुगेका छन्। त्यस्तै भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीलगायतका विमानस्थलहरूमा निर्धारित बिहानका उडानहरू ढिलाइ भएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको वर्षापछि बनेको वायुमण्डलीय अवस्थाका कारण हुस्सु–कुहिरोको प्रभाव बढेको हो। वाष्पीकरणको क्रममा माथिल्लो वायुमण्डल चिसो हुँदा पानीका सूक्ष्म कण जमिन नजिकै अड्किएर कुहिरो बनेको विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार यो अवस्था दिउँसोबाट क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ। मौसमका अध्येता डा. धर्मराज उप्रेतीले आज र भोलि बिहानको समयमा अझै हुस्सु–कुहिरो देखिने सम्भावना रहेको बताए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार