मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार, परिवारका थप सदस्यलाई २ हजार

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १३
5
0
भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार, परिवारका थप सदस्यलाई २ हजार
सारांश
गत १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले स्थायी आवास निर्माण नभएसम्म आर्थिक सहायता उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्क...


गत १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले स्थायी आवास निर्माण नभएसम्म आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।

निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि प्रत्येक थप सदस्य बराबर थप २ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यदि कुनै परिवारले नगद सहायता लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण सम्पन्न नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिएको छ।

आवश्यक विवरण संकलनका लागि सम्बन्धित सबै स्थानीय तहमा फारम पठाइसकिएको मन्त्री तिमिल्सिनाले बताएका छन्। प्रभावित परिवारको विवरण संकलन भएपछि सहायता वितरण प्रक्रिया अघि बढाइनेछ।

सरकारले बाढीबाट भएको प्रारम्भिक क्षति तथा नोक्सानीको मूल्याङ्कन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्याङ्कनको काम जारी रहेको जनाएको छ।

विस्तृत मूल्याङ्कनका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको काम तीव्र बनाउने सरकारको तयारी छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार