नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइलाई अमानवीय र गम्भीर विषय भएको आरोप लगाए।
उनले ६२ जिल्लाका ३ हजार ९१६ नागरिक अझै सम्पर्कविहीन रहेको विवरण आएको भन्दै खोज तथा उद्धारलाई तत्काल तीव्र बनाउन सरकारसँग माग गरे।
आङ्देम्बेले आवश्यक परे सरकारी तथा निजी क्षेत्रसँगै अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टोलीको समेत सहयोग लिएर सुरुदेखि नै उद्धारमा केन्द्रित हुनुपर्ने बताए।





