मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भक्तपुरमा टिपरको ठक्कर: ४३ वर्षीय पैदलयात्रीको ज्यान गयो, चालक पक्राउ

स
समाचार कक्ष
२०२६ मे ४
8
0
भक्तपुरमा टिपरको ठक्कर: ४३ वर्षीय पैदलयात्रीको ज्यान गयो, चालक पक्राउ
सारांश
काठमाडौं - भक्तपुर नगरपालिका–५ आदर्श क्षेत्रमा टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा भारतका...

काठमाडौं - भक्तपुर नगरपालिका–५ आदर्श क्षेत्रमा टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा भारतका ४३ वर्षीय विसुनदेव सहनीको मृत्यु भएको हो। सोमबार बा.४ ख ३१५६ नम्बरको टिपरले उनलाई ठक्कर दिएको बताइएको छ।

घटनामा संलग्न टिपर चालक काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भई बनेपा बस्दै आएका ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त जगातीले गरिरहेको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार