मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २७
6
0
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
सारांश
बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–३ जुग्जाखोलामाथि हदधारा भन्ने स्थानमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। गएराति परेको अविरल वर्षापछि आए...

बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–३ जुग्जाखोलामाथि हदधारा भन्ने स्थानमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ।

गएराति परेको अविरल वर्षापछि आएको पहिरोले ओमलाल विकको घर पुरेको प्रहरीले जनाएको छ। घटनामा उनकी श्रीमती र तीन छोराको मृत्यु भएको बताइएको छ।

घटनामा एक छोरी घाइते भएकी छन्। स्थानीय र प्रहरीको टोलीले अहिले उद्धार तथा खोजीको काम गरिरहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार