मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

बढ्यो सेयर धितो कर्जाको सीमा

स
समाचार कक्ष
२०२५ जुलाई ११
6
0
बढ्यो सेयर धितो कर्जाको सीमा
सारांश
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाइदिएको छ । गभर्नर विश्वनाथ पौडेलले आगामी ...

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाइदिएको छ ।

गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा गरे ।

यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याइएको छ ।

धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत बैंकहरूले सेयर धितोमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार