मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बाढीपीडित बालबालिकाको फोटो–भिडियो पोस्ट नगर्न अपिल

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १
6
0
बाढीपीडित बालबालिकाको फोटो–भिडियो पोस्ट नगर्न अपिल
सारांश
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक नगर्न राष्ट्रिय बाल अ...

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले अपिल गरेको छ।

परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गर्दै उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका बालबालिकाका फोटो–भिडियो सार्वजनिक नगर्न आग्रह गरेका हुन्।

परिषद्का अनुसार प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराइरहेका दृश्यहरू फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामलगायत कुनै पनि सामाजिक सञ्जाल वा सञ्चार माध्यममा पोस्ट गर्न हुँदैन।

बाढीको विपत्तिमा बालबालिकाको गोपनीयता, सुरक्षा र बाल अधिकारको संरक्षणलाई ध्यान दिनुपर्ने भन्दै परिषद्ले सबैलाई संवेदनशील हुन आग्रह गरेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार