मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तीव्र रूपमा पुर्‍याउँदैछौँ : प्रधानमन्त्री शाह

स
समाचार कक्ष
२०२६ अगस्ट २७
6
0
बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तीव्र रूपमा पुर्‍याउँदैछौँ : प्रधानमन्त्री शाह
सारांश
प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउने काम तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्। उनका अनुसार आज बिह...

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउने काम तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्। उनका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि हेलिकोप्टर उडान सुरु गरिएको हो।

बिहानदेखि हालसम्म १५ भन्दा बढी उडान भइसकेको र थप हेलिकोप्टरहरू पनि उद्धारका लागि तयारी अवस्थामा रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। त्यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने उपकरणलगायत अत्यावश्यक सामग्री पठाउने काम भइरहेको छ। मोबाइल नेटवर्क र मोबाइल चार्जिङको अस्थायी व्यवस्था पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना तथा पानीको व्यवस्था गरिएको छ। ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी अवस्थाबारे जानकारी संकलन गर्ने काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्री शाहले बताएका छन्।

उद्धारका क्रममा हेलिकोप्टरबाट सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने जनाइएको छ। प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणलाई थप तीव्र बनाउने सरकारको तयारी छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार