मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २४
6
0
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
सारांश
काभ्रे — सम्भावित भारी वर्षा र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन राति सवारी आवागमन बन्द गरिने भएको छ। असोज ८ ग...


काभ्रे — सम्भावित भारी वर्षा र बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन राति सवारी आवागमन बन्द गरिने भएको छ।

असोज ८ गतेदेखि १२ गते बिहान ५ बजेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

असोज ८ देखि ११ गतेसम्म ठूलो वर्षा हुनसक्ने पूर्वानुमानपछि जोखिम कम गर्न यस्तो निर्णय गरिएको हो।

वर्षा र बाढीको अवस्था हेरेर दिनको समयमा पनि सवारी रोक्नुपर्ने अवस्था आए जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय गर्न सक्नेछ।

प्रशासनले नदी किनार र पहिरोको जोखिममा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीलाई तयारी अवस्थामा राखिएको छ।

जोखिमयुक्त क्षेत्रमा अत्यावश्यक कामबाहेक आवतजावत नगर्न प्रशासनले अनुरोध गरेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार