मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
65
0
बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?
सारांश

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, मोटरेबल पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ। बाढीले आ...

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, मोटरेबल पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ। बाढीले आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसमेत बगाएको छ। उक्त पुलमा क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौंजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।

माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा टहरामा क्षति पुगेको छ।

धार्चे गाउँपालिका–३ सल्लेरीमा सुरुमा २० देखि २२ वटा घर जोखिममा रहेको विवरण प्राप्त भएको थियो। पछिल्लो विवरणअनुसार त्यहाँ निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस र आसपासका सातदेखि आठवटा घर बाढीले बगाएको छ।

त्यस्तै, आरुघाट गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने मान्वुस्थित सोतीको फलामे मोटरेबल पुल पनि बाढीले बगाएको छ।

बाढी तल्लो तटीय क्षेत्रतर्फ फैलिने क्रममा बिहान ८ बजे आरुघाट र ८ः५५ बजे घ्यालचोक पुगेको विवरण प्राप्त भएको छ।

आरुघाट गाउँपालिका–९ नयाँपुलमा गोरखा र धादिङ जोड्ने पक्की पुलका तीन भागमध्ये गोरखातर्फको एउटा भाग बाढीले बगाएर क्षति पुर्‍याएको छ। पुलमा क्षति पुगेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढी प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन, जोखिमयुक्त स्थानको अनुगमन र उद्धार कार्य जारी रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार