मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढीगण्डकी बाढीको जोखिममा परेका ६ जनाको हवाई उद्धार

meronepaltv
meronepaltv
45 मिनेट अगाडि
71
0
बूढीगण्डकी बाढीको जोखिममा परेका ६ जनाको हवाई उद्धार
सारांश

बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जगत...

बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जगत क्षेत्रबाट ६ जनाको उद्धार गरिएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टरलगायतका साधन परिचालन गरिएको जनाइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार