मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
2
0
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो
सारांश

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुल बगाएको छ। गोरखाको आरुघाट गाउँपालिका–९ मा पर्ने उक्त पुल बाढीले बगाएको हो।

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुल बगाएको छ। गोरखाको आरुघाट गाउँपालिका–९ मा पर्ने उक्त पुल बाढीले बगाएको हो।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आरुघाट बजारसमेत खाली गराइएको छ। गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा आइतबार बिहान आएको बाढीले घर, बजार, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको बताइएको छ।

बाढी पूर्वानुमान महाशाखाले बूढीगण्डकी नदीमा जलसतह खतरा तहभन्दा माथि रहेको र पानीको बहाव बढ्ने–घट्ने क्रम जारी रहेको जनाएको छ। नदीको बहावका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ।

महाशाखाका अनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेकाले स्थानीयलाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ। मुग्लिनसम्म उच्च जोखिम र चितवन तथा नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।

नदी थुनिएर एक्कासि खुलेपछि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। बाढीको जोखिम कायम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई प्रशासन तथा सम्बन्धित निकायको सूचना पालना गर्दै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार