नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुल बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।
बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको उल्लेख गर्दै उनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्न अनुरोध गरेका छन्।
विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रिय रूपमा जुट्न सभापति थापाले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता कायम राख्न उनले आग्रह गरेका छन्।






