मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
56
0
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार
सारांश

गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान अकस्मात आएको बाढीमा फसेका ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार मध्यान्ह १२ बजेसम्म एक विदेशी...

गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान अकस्मात आएको बाढीमा फसेका ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार मध्यान्ह १२ बजेसम्म एक विदेशी नागरिक र एक शिशुसहित ३६ जनाको हेलिकोप्टर तथा स्थलमार्गबाट उद्धार गरिएको हो।

सेनाका अनुसार जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुँबाट १२ जनाको उद्धार गरिएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। यसका लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी उद्धार अभियान सञ्चालन भइरहेको छ।

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार