मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बूढानीलकण्ठमा सुन धन्दा : साढे दुईतले घर भाडामा लिएर सुन प्रशोधन, पक्राउ पर्ने सबै चिनियाँ नागरिक

meronepaltv
meronepaltv
1 दिन अगाडि
75
0
बूढानीलकण्ठमा सुन धन्दा : साढे दुईतले घर भाडामा लिएर सुन प्रशोधन, पक्राउ पर्ने सबै चिनियाँ नागरिक
सारांश

काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर सुनको अवैध कारोबार तथा प्रशोधन भइरहेको खुलेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुको टोल...

काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर सुनको अवैध कारोबार तथा प्रशोधन भइरहेको खुलेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ छापा मारेर करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

प्रहरी टोली घरमा पुग्दा सुन गाल्ने काम भइरहेको थियो। पक्राउ गर्ने क्रममा केहीबेर धक्कामुक्कीसमेत भएको स्रोतले जनाएको छ।

घर खानतलासी गर्दा प्रहरीले सुन गाल्ने, गुणस्तर जाँच्ने र विभिन्न आकारमा ढाल्ने उपकरणहरू बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले ठोस र तरल दुवै स्वरूपमा सुन ल्याएर आवश्यकताअनुसार प्रशोधन गरी विभिन्न आकारमा आपूर्ति गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त घरमा च्यानल गेट र सीसीटीभीसमेत जडान गरिएको पाइएको छ। उनीहरूले सुन कहाँबाट ल्याउँथे, कसलाई आपूर्ति गर्थे र कारोबारमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

बरामद सुनको वास्तविक परिमाण र गुणस्तर यकिन गर्न गुणस्तर तथा नापतौल विभागका कर्मचारी र सुनचाँदी व्यवसायीका प्रतिनिधिको सहयोगमा परीक्षण भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण सार्वजनिक गर्न प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार