मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा

meronepaltv
meronepaltv
45 मिनेट अगाडि
39
0
बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा
सारांश

नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजी...

नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामापत्र बुझाएका हुन्। यद्यपि, सभामुखले राजीनामाबारे निर्णय गर्न बाँकी रहेकाले उनको राजीनामा तत्काल कार्यान्वयनमा आएको छैन।

थापा निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत हुन्। उनी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।

स्रोतका अनुसार एमाले संसदीय दलको बैठकमा थापाले बजेट हतारमा पारित गर्न नहुने र सबै सांसदलाई बजेटबारे आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने माग गरेका थिए। तर, संसदीय दलले बजेटमाथिको छलफलमा सहभागी हुन नदिएपछि उनी असन्तुष्ट बनेको बताइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो। सत्तारुढ दलकै सांसदहरू बजेटप्रति असन्तुष्ट रहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारबीच मंगलबार प्रदेशसभा बैठकले बजेट पारित गरेको हो।

सभामुख भण्डारीले भने संसदीय अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा आगामी कात्तिक २० गतेभित्र पूरक बजेट ल्याउने बताएका छन्। थापाको सचिवालयले भने राजीनामाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार