मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

meronepaltv
meronepaltv
41 मिनेट अगाडि
48
0
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान
सारांश

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा ...

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

उनी आज दिउँसो नेपाल वायुसेवा निगमको उडानमार्फत नयाँ दिल्ली गएका हुन् । बिमस्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य तथा सुरक्षा सम्बन्धी विषयमा छलफल हुने बैठकमा सहभागी हुन उनी भारत गएको बताइएको छ ।

गृहमन्त्री गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायतका अधिकारीहरूले बिदाइ गरेका थिए ।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार