मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत

meronepaltv
meronepaltv
54 मिनेट अगाडि
40
0
बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत
सारांश

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा तीन जनालाई सकुशल उद्धार गरिए...

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा तीन जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो। डुंगामा २० जनाभन्दा बढी सवार थिए। मृतकमध्ये अधिकांश बालबालिका रहेको बताइएको छ।

डुंगामा सवार व्यक्तिहरू भोज खान जाने क्रममा दुर्घटना भएको जनाइएको छ। घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान सञ्चालन गरेका थिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएका छन्।

राघोपुरका विधायक तथा बिहारका पूर्वउपमुख्यमन्त्री तेजस्वी यादवले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा उपचार कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्। केन्द्रीय मन्त्री चिराग पासवानले दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत र घाइतेलाई उचित उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीको ध्यानाकर्षण गराएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार