मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

अस्कर अवार्ड प्रतिस्पर्धाका लागि नेपालबाट ‘तिनीहरू’ सिफारिस

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १३
6
0
अस्कर अवार्ड प्रतिस्पर्धाका लागि नेपालबाट ‘तिनीहरू’ सिफारिस
सारांश
सन् २०२७ मा प्रदान गरिने ९९औँ एकेडेमी अवार्ड्सको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधामा प्रतिस्पर्धाका लागि नेपालबाट चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फ...


सन् २०२७ मा प्रदान गरिने ९९औँ एकेडेमी अवार्ड्सको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधामा प्रतिस्पर्धाका लागि नेपालबाट चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) का अध्यक्ष लक्ष्मीनाथ शर्माले आइतबार जारी गरेको विज्ञप्तिअनुसार अस्करका लागि नेपालबाट दुई कथानक चलचित्रले आवेदन दिएका थिए। ती चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ हुन्।

समितिले दुवै चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पलाई अध्ययन गरी एकेडेमीको मापदण्डअनुसार मूल्यांकन गरेको जनाएको छ।

मूल्यांकनपछि ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’लाई अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको आधिकारिक प्रतिस्पर्धीका रूपमा सिफारिस गरिएको हो।

छनोट समितिमा अध्यक्ष शर्मासहित लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवन कुमार पराजुली र बिकेश सुवेदी सदस्य रहेका छन्।

यो छनोटसँगै ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ले आगामी ९९औँ एकेडेमी अवार्ड्सको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपाललाई प्रतिनिधित्व गर्नेछ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार