मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

अन्डरवेयरमा लुकाएर सुन ल्याउँदै गरेका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २८
7
0
अन्डरवेयरमा लुकाएर सुन ल्याउँदै गरेका भारतीय नागरिक विमानस्थलबाट पक्राउ
सारांश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

प्रहरीका अनुसार शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका थिए । गएराति विमानस्थलमा अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखिएपछि शंका लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको थियो ।

पक्राउ परेका शौकतलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ । उक्त पदार्थको वास्तविक प्रकृति तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार