मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

आरुघाटमा बाढीले भाँचेको पुलमा बेलिब्रिज राख्न सेनाले थाल्यो तयारी (तस्वीरहरू)

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
8
0
आरुघाटमा बाढीले भाँचेको पुलमा बेलिब्रिज राख्न सेनाले थाल्यो तयारी (तस्वीरहरू)
सारांश

गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल आइतबार बिहान आएको बूढीगण्डकीको बाढीले भाँच्यो। पुलको तीन स्पानमध्ये एक भाग भाँचिएर बगेको हो। पुल बगेसँगै ...

गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल आइतबार बिहान आएको बूढीगण्डकीको बाढीले भाँच्यो। पुलको तीन स्पानमध्ये एक भाग भाँचिएर बगेको हो। पुल बगेसँगै यहाँको सडक सम्पर्क टुटेको छ। सडकसम्पर्क जोड्नका लागि अहिले नेपाली सेनाले बेलिब्रिज जोड्ने तयारी सुरु गरेको हो।

अहिले सेनाले डोजरको सहायतामा लेदो पन्छाएर पुल निर्माणको तयारी गरिरहेको छ। सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याइँदैछ।

नेपाली सेनाको रुद्रध्वजगणका गणपति विरोध रिजालले निर्माण सामग्री आएलगत्तै काम सुरु हुने बताए। उनले आइतबार नै सेनाको टोलीले पुल भएको ठाउँको निरीक्षण गरिसकेको थियो।

त्यस्तै आरुघाट भएर माथिल्लो क्षेत्रमा जाने सडक लेदोले भरिँदा सवारी सञ्चालनमा समस्या भएको छ। अहिले सडक डिभिजन कार्यालयले सडकको लेदो पन्छाउने तयारी गरिरहेको छ।

Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार