मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २६
7
0
आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
सारांश
देशभर अधिकांश स्थानमा आज बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र...

देशभर अधिकांश स्थानमा आज बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमतीका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका अधिकांश स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

उत्तर महाराष्ट्रमा रहेको न्यून चापीय प्रणाली कमजोर हुँदै जाने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास बलियो न्यून चापीय प्रणाली (डिप्रेसन) रहेको छ। उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यून चापीय प्रणालीका रूपमा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार