मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

आज पनि हावाहुरीको चेतावनी: मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना

स
समाचार कक्ष
२०२६ मार्च १७
6
0
आज पनि हावाहुरीको चेतावनी: मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना
सारांश
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग ले आज पनि देशका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार विशेषगरी अपराह्नपछि हावाहु...

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार विशेषगरी अपराह्नपछि हावाहुरीको प्रभाव देखिन सक्ने प्रक्षेपण गरिएको छ।

विभागले दिएको जानकारीअनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

यसअघि हिजो पनि देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा भएको थियो भने हावाहुरीका कारण केही स्थानमा क्षति पुगेको छ।

हावाहुरीका कारण कटारी–५, उदयपुर स्थित राधा कृष्ण मन्दिर नजिक खाजा घरमाथि रुख ढल्दा वीरेन्द्र चौधरी र कटारी–८, उदयपुरकी मिनामाया तामाङको ज्यान गएको पुष्टि भएको छ।

त्यस्तै, केही जिल्लामा हावाहुरीका कारण बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध भएको छ।

सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार