मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

‘आफ्नालाई जोगाउने, अरूलाई कारबाही माग्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’ - अख्तियार प्रमुख राई

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ११
7
0
‘आफ्नालाई जोगाउने, अरूलाई कारबाही माग्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’ - अख्तियार प्रमुख राई
सारांश
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफू निकट व्यक्तिलाई कारबाहीबाट जोगाउने र अरूलाई मात्रै कारबाही हुनुपर्ने ...

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफू निकट व्यक्तिलाई कारबाहीबाट जोगाउने र अरूलाई मात्रै कारबाही हुनुपर्ने माग गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने बताएका छन्।

अख्तियारको ३५औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दोहोरो मापदण्डले सुशासनको मार्ग अवरुद्ध गर्ने उल्लेख गरे। “आफ्ना निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने तर अरूलाई कारबाही भएन भनेर गुनासो गर्ने प्रवृत्ति अविलम्ब अन्त्य हुनुपर्छ,” उनले भने।

प्रमुख आयुक्त राईले हरेक वर्ष उही प्रकृतिका भ्रष्टाचारका कसुर दोहोरिँदै आएको उल्लेख गर्दै आयोगले दिएका सुझावहरू सरकारले प्रभावकारी रूपमा कार्यान्वयन नगरेको गुनासो गरे। आयोगको सिफारिस देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति जिम्मेवार पदाधिकारीमै देखिएको उनको भनाइ थियो।

भ्रष्टाचार नियन्त्रण आयोगको एकल प्रयासबाट सम्भव नहुने स्पष्ट पार्दै उनले पछिल्लो समय देखा परेका नयाँ–नयाँ प्रवृत्तिका कारण चुनौती थपिएको बताए। बदलिँदो अवस्थासँग जुध्न दक्ष जनशक्ति विकास गर्नुपर्नेमा उनले जोड दिए।

सरकारका कार्यकारी निकायहरू भ्रष्टाचारविरुद्ध कडा र सक्रिय नभएसम्म सुशासन सुनिश्चित नहुने उल्लेख गर्दै राईले दण्डात्मक कारबाही मात्रै पर्याप्त नहुने धारणा राखे। “भ्रष्टाचारको असर मात्र होइन, यसको कारण नै रोक्न सके प्रभावकारी नियन्त्रण सम्भव हुन्छ,” उनले भने, “यसका लागि देशव्यापी रूपमा निरोधात्मक अभियान सञ्चालन गर्न र लगानी बढाउन आवश्यक छ।”

नीतिगत निर्णयको आवरणमा मन्त्रिपरिषद्बाट निर्णय गराएर जिम्मेवार अधिकारीहरू दायित्वबाट पन्छिने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले अख्तियारमा दर्ता हुने उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी स्थानीय तथा प्रदेश तहसँग सम्बन्धित रहेको जानकारी दिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार