Wednesday, January 22, 2025

शेरा दरबार जग्गा प्रकरण : गृहमन्त्री र प्रचण्ड सवाल जबाफ


हमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारलाई धन्यवाद दिनलाई तयार हुन भनेका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा शेरा दरबारबारे बोल्दै ‘प्रचण्ड’ले ‘कानून विपरीत भए फिर्ता ल्याइयोस् । म सरकारलाई धन्यवाद दिन्छु‘ भनेका थिए ।

‘प्रचण्ड’लाई जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारसम्बन्धी गम्भीरताका साथ अध्ययन भइरहेको छ । कसैको नाममा गैरकानुनी रूपमा लगेको छ भने फिर्ता हुन्छ । पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ । धन्यवाद दिन तयार भए हुन्छ । गैरकानुनी रूपमा गएको रहेछ भने फिर्ता हुन्छ यस कारण सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ ।’

त्यसअघि बैठकमा एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि ‘प्रचण्ड’ले अख्तियार ऐन संशोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राख्दै सरकारलाई धन्यवाद दिने बताएका थिए । त्यसअघि उक्त विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो

Super Admin

Super Admin

Please Login to comment in the post!

you may also like