शेखर गोल्छालाई हिरासतमा राख्न अदालतको इन्कार, म्याद थप अस्वीकृत
-
By
समाचार कक्ष
-
May Tue, 2026
-
in
समाचार
काठमाडौं । व्यवसायी शेखर गोल्छालाई थप समय हिरासतमा राख्ने माग अदालतले अस्वीकार गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। तर न्यायाधीश मोना सिंहको इजलासले म्याद थप्न अनुमति नदिएको हो।
गोल्छाविरुद्ध धितोपत्र र बीमासम्बन्धी दुई फरक मुद्दामा अनुसन्धान भइरहेको छ। यसअघि सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी मुद्दामा मात्रै रिहा गर्न आदेश दिएको भए पनि अन्य मुद्दा बाँकी रहेकाले उनी पूर्ण रूपमा छुटेका थिएनन्।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसएसपी शिव श्रेष्ठका अनुसार अदालतको विस्तृत आदेश प्राप्त हुन बाँकी छ। त्यस्तै, ब्यूरो प्रमुख एआईजी डा. मनोज केसीले बयान प्रक्रिया सकिएको अवस्थामा अदालतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न निर्देशन दिन सक्ने बताएका छन्।
हाल गोल्छाको बयान सकिएको छ भने थुनछेक बहस हुन बाँकी रहेको जनाइएको छ।