Friday, July 17, 2026

‘सुशासनलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गरिरहेका छौं’ : मन्त्री सस्मित पोखरेल


काठमाडौं, २५ असार — शिक्षा तथा खेलकुदमन्त्री तथा नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकार सुशासनलाई प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री पोखरेलले सरकारले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र नतिजामुखी बनाउँदै अघि बढाएको दाबी गरे।

उनका अनुसार सरकार गठन भएको पहिलो सय दिनमै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै मितव्ययिता, योग्यताका आधारमा नियुक्ति तथा डिजिटल सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गर्ने गरी काम अघि बढाइएको छ।

मन्त्री पोखरेलले सरकारले प्रशासनिक सुधारलाई निरन्तरता दिँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालको सुशासन स्थापना गर्न विभिन्न क्षेत्रमा प्रभावकारी कदम चालिरहेको बताए। उनले डिजिटल माध्यमबाट सेवा प्रवाहलाई थप सहज, छरितो र पारदर्शी बनाउने कार्यलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे।

सरकार सुशासनलाई व्यवहारमै कार्यान्वयन गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा निरन्तर लागिरहेको उनले दोहोर्‍याए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like