- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन्।
सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले पार्टीभित्र यस विषयमा अझै छलफल नभएको जानकारी दिएका छन्। उनले भने, “हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो, त्यसैले पार्टीभित्र संसदीय दलको नेताबारे निर्णय हुन सकेको छैन।”
नेम्वाङले सामाजिक सञ्जालमा उठेका विभिन्न चर्चालाई शुभेच्छा स्वरूप लिने बताए र थपे, “पार्टीले मलाई अगाडि बढाए मैले खुट्टा कमाउदिनँ।”
उनले संसदीय दलको नेतृत्वमा आफू अघि बढ्न तयार रहेको र पार्टीको निर्णयलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।