Thursday, April 16, 2026

सभामुखमा डीपी अर्यालको दाबी बलियो, मनोनयन दर्तासँगै जित लगभग सुनिश्चित”


काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले सभामुख पदका लागि औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्। उनले शुक्रबार सिंहदरबार पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उनको उम्मेदवारीमा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक रहेका छन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल समर्थकका रूपमा छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमत रहेकोले अर्यालको सभामुखमा निर्वाचित हुने सम्भावना निकै बलियो देखिएको छ।

सभामुख पदको निर्वाचन आइतबारका लागि तय गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like