- by समाचार कक्ष
- Mar 06, 2025
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ।
आज बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो।
त्यसैगरी, बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई नियुक्त गरेको छ भने सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन्।
रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह रहेका छन्।