Monday, March 2, 2026

प्रतिनिधिसभा चुनाव लक्षित गर्दै कुलमान घिसिङ मधेश यात्रामा


२२ माघ, जनकपुरधाम - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै मधेश प्रदेश भ्रमणमा निस्किएका छन्।

राजनीतिक भेटघाट तथा संगठन सुदृढीकरणका कार्यक्रमअन्तर्गत उनी बुधबार जनकपुरधाम आइपुगेका हुन्। जनकपुरधाम आगमनपछि बिहीबार बिहान उनले जानकी मन्दिरमा पूजा–अर्चना गरेका छन्।

पूजापछि जनकपुरको जनकचौकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले समसामयिक राजनीति र आगामी निर्वाचनबारे धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

घिसिङको सचिवालयका अनुसार, मधेशका विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता, नेताहरू तथा सरोकारवालासँग छलफल र आन्तरिक परामर्श गर्ने कार्यतालिका तय गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like