Monday, March 2, 2026

‘प्रचण्डको शासन बर्बाद रहेछ’ भन्दै झलनाथको गुनासो, जनार्दनको प्रतिप्रश्न-किन त्यतै जानुभयो ?


काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माओवादीबाट विद्रोह गरेका नेता जनार्दन शर्मासँग फोन संवाद गर्दै पार्टी नेतृत्व र शासनशैलीप्रति असन्तुष्टि व्यक्त गरेको तथ्य सार्वजनिक भएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट रुकुम पश्चिमका उम्मेदवार रहेका शर्माले एक सार्वजनिक कार्यक्रममा खनालले आफूलाई फोन गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वप्रति गम्भीर दिक्दारी व्यक्त गरेको जानकारी दिए।

शर्माका अनुसार खनालले पार्टीभित्रको शासनशैलीलाई एकलौटी भन्दै प्रश्न उठाएका थिए। “यहाँ त एउटा व्यक्तिले आदेश दिन्छ र अरूले ताली बजाउने मात्रै रहेछ, यस्तो शासन त बर्बाद रहेछ,” भन्दै खनालले आफ्नो असन्तुष्टि पोखेको शर्माले सुनाए।

त्यसको जवाफमा आफूले खनाललाई स्पष्ट रूपमा प्रश्न गरेको शर्माले बताए। “४३ वर्षको राजनीतिक अनुभव र संगतले मैले तपाईँलाई त्यहाँ नजानुस् भनेको थिएँ, किन जानुभयो त ? भनेर जवाफ दिएँ,” शर्माले कार्यक्रममा भने।

उल्लेखनीय छ, नेता खनालले हालै सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीमा निर्णय प्रक्रिया एकलौटी भएको, नियमित बैठक नबस्ने गरेको र हरिबोल गजुरेलजस्ता नेतामाथि गरिएको कारबाही गलत भएको टिप्पणी गरेका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like