Sunday, October 19, 2025

ओलीको प्रष्ट सन्देश: 'फेसबुकको टिप्पणीले अध्यक्षता छाड्दिन'


काठमाडौँ, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरूको सामाजिक सञ्जालमार्फत गरिएको नेतृत्व त्यागको मागलाई कडा रूपमा अस्वीकार गरेका छन्। बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले, आफू अध्यक्षता फेसबुक पोस्ट हेरेर छाड्नेवाला नभएको बताएका छन्।

"केही पार्टीभित्रका सुरवीरहरूलाई लहड चलेको देख्छु। कसैले फेसबुकमा राम्रो बौद्धिक विश्लेषण गर्छन् र मलाई हट्नुपर्छ भन्छन्," ओलीले व्यङ्ग्य गर्दै भने, "तर मैले फेसबुकले होइन, पार्टीको केन्द्रीय कमिटीले जे निर्णय गर्छ, त्यसैलाई मान्ने हो।"

ओलीले स्पष्ट पारे कि पार्टीको निर्णयमा आफू पूर्ण रूपमा प्रतिबद्ध छन् तर बाहिरी दबाब, अखबारी प्रचार र लोकप्रियतावादी शैलीमार्फत गरिने दवाव आफूलाई स्वीकार्य छैन। “हामी छाड्दैनौं,” उनले दोहोर्याउँदै भने, “कमिटीको आदेशमा जे पनि मान्न तयार छु, तर फेसबुकको टिप्पणीका आधारमा होइन।”

अध्यक्ष ओलीले पार्टीकै केही नेताले "तपाईंलाई बोकेर जान सकिँदैन" भन्ने टिप्पणी गरेकोसमेत उल्लेख गरे। तर, उनले त्यसलाई प्रहार गर्दै भने, "म आफैँ हिँड्न सक्छु, मलाई कसैले बोकिरहनु पर्दैन।"

नेकपा एमालेको नेतृत्वमा निरन्तरताको सवालमा ओलीको यो प्रष्ट सन्देशसँगै, पार्टीभित्रको आन्तरिक बहस र ध्रुवीकरण थप सतहमा आएको देखिन्छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like