ओली–लेखकको बन्दीप्रत्यक्षीकरण मुद्दा आज सुनुवाइमा, सर्वोच्चमा निर्णायक बहस हुँदै
-
By
समाचार कक्ष
-
Apr Sun, 2026
-
in
समाचार
काठमाडौं, चैत २२ - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक द्वारा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
यसअघि सर्वोच्च अदालतले विपक्षीलाई कारण देखाउन आदेश दिएको थियो, जसअनुसार सरकार पक्षबाट लिखित जवाफ पेश भइसकेको स्रोतले जनाएको छ। सबै आवश्यक प्रक्रिया पूरा भइसकेकाले आज दुवै रिट पेसीमा चढ्ने तयारी भएको छ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयपछि प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो।
उक्त गिरफ्तारीलाई गैरकानुनी दाबी गर्दै दुवैले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। त्यसपछि चैत १६ गते छुट्टाछुट्टै इजलासले सरकारका नाममा कारण देखाउन आदेश जारी गरेको थियो।
अब सरकारको लिखित जवाफ आइसकेपछि मुद्दा सुनुवाइका लागि अगाडि बढेको छ, जसमा आज महत्वपूर्ण बहस हुने बताइएको छ।