- by समाचार कक्ष
- Mar 06, 2025
६ माघ, रुकुम - प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिम निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।
यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुँदै आएका शर्मा २०६४ सालदेखि लगातार विजयी हुँदै आएका अनुभवी नेता हुन्। यसपटक भने उनले नयाँ राजनीतिक दल गठन गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने तय भएको छ।